घोराही, १९ बैशाख । घोराही उपमहानगरपालिकाले बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुको दक्षता अभिबृद्धी गर्न तालिम सञ्चालन गरेको छ । बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरुलाई क्लिनिकल अपडेट कार्यक्रम अन्तगत दक्षता अभिबृद्धlका लागि तीनदिने तालिम सञ्चालन गरेको हो ।
घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बुधबारदेखि घोराही उक्त तालिमको सुरुवात भएको छ । राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत देवा पौडेल र जनस्वास्थ्य कार्यालयमा कार्यरत रेणु श्रेष्ठ तालिमको प्रशिक्षकमा रहनुभएको छ ।
उपमहानगरपालिकाभित्र रहेका बर्थिङ सेन्टरका नर्सिङहरुलाई दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको उपमहानगरका स्वास्थ्य शाखाका ठाकुर खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले गर्भवतीहरुलाई सुरक्षित बच्चा जन्माउन सक्ने वातावरण बनाई जोखिमबाट मुक्त गराउन नर्सिङहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस