घोराही, २० वैशाख । निष्पक्ष पत्रकारीताले मात्रै नागरिकहरुको अधिकारको रक्षा गर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखाले बिहीबार घोराहीमा आयोजना गरेको नेपालको पत्रकारीता र प्रेस स्वतन्त्रताको अवस्था विषयक कार्यक्रममा बोल्ने पत्रकारहरुले सत्य, तथ्य र निष्पक्ष पत्रकारीताबाट मात्रै नागरिकका अधिकार सुरक्षित एव‌ं प्रेस जगत स्वतन्त्र बन्ने बताएका हुन् ।
पत्रकारीताको आडमा गरिने विकृतिजन्य कार्यहरुले नै प्रेसमाथि अकुंश र हस्तक्षेप हुने गरेको उनीहरुको भनाइ छ । लेख्नुपर्ने निकायबाटै पत्रकारहरु प्रभावित हुँदा पत्रकारीताको स्वतन्त्रतालाई बचाउन गाह्रो परेको निष्कर्ष समेत निकालेका छन् । पत्रकारहरुकै गतिविधिहरुले पनि स्वतन्त्र पत्रकारीतामा राज्यका निकायहरु अंकुश लगाउन बाध्य भएको समेत उनीहरुको भनाइ छ । निष्पक्ष र उत्तरदायी पत्रकारीतामा ह्रास आएकै कारण प्रेस असुरक्षित बनेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले प्रेस स्वतन्त्र भए मात्रै नागरिकहरुको हक अधिकार सुरक्षित हुने बताउनुभयो । पत्रकारीताको मर्मबाट कोही पनि बिचलित हुन नहुने भन्दै उहाँले पत्रकारीता बार्गेनिङमा चल्न नहुने धारणा राख्नुभयो । शाखा अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने महासंघका पूर्व पदाधिकारीहरुले स्वतन्त्र प्रेसले मात्रै नागरिकहरुको अधिकार सुरक्षित गर्ने बताए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस