घोराही, २० वैशाख । घोराही उपमहानगरपालिका क्षेत्रका सरकारी र निजी विद्यालयहरुले चर्को शुल्क लिएको भन्ने व्यापक गुनासो आएपछि उपमहानगरले त्यसको अनुगमन गर्ने भएको छ ।
भर्ना र शिक्षण शुल्क चर्कोरुपमा लिएको भन्दै विद्यार्थी संगठनहरुले उपमहानगरको शिक्षा शाखामा तालाबन्दी र ज्ञापनपत्र मार्फत सूचना प्राप्त भएपछि उपमहानगरको सामाजिक विकास समितिको नेतृत्व र विद्यार्थी संगठनहरुको सहभागितामा अनुगमन गर्ने सहमति भएको हो ।
समितिका संयोजक एवं उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालसहित अनेरास्ववियुका अध्यक्ष वीरबल खड्का, अखिल क्रान्तिकारीका अध्यक्ष जंगबहादुर रोका र नेविसंघका कार्यबहाक अध्यक्ष टोपबहादुर बुढाथोकीबीच भएको छलफलअनुसार भोलिदेखि सरकारी र निजी विद्यालयहरुले लिएको शुल्कको विषयमा अनुगमन गर्ने सहमति भएको छ ।
सामुदायिक र निजी विद्यालयहरुले आफुखुसी शुल्क लिएको भन्दै अहिले देशव्यापीरुपमै विद्यार्थीहरु आन्दोलीत बनेका छन् ।
शुल्क निर्देशिका २०७२ र शिक्षा नियमावली विपरीत शुल्क लिएको विषयमा शुक्रबारदेखि विद्यालयहरुको अनुगमन गरेर निर्देशिका बमोजिम नियमन गर्ने गरी विद्यार्थी संगठनहरुसँग सहमति भएको संयोजक अर्यालले जानकारी दिनुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस