तुलसीपुर, २० वैशाख । बिहीबार तुलसीपुरस्थित ज्योति मेडिकल एण्ड बिनोद प्याथोलोजीमा उपचारका क्रममा मृत्यु भएकी प्रेमा कुमाल कलौरीको शव आफन्तले बुझेका छन् । मृतकका आफन्त र मेडिकल संचालक बिच एक लाख ५० हजार रुपैयाँ क्षेतिपूर्ति दिने सहमति भएपछि आफन्तले शब बुझेको बताइएको छ ।

मेडिकलमा उपचार गर्न आएकी तुलसीपुर उपमहमनगरपालिका ७ पर्सेनी निबासी प्रेमा कुमाल कलौरीको मृत्यु भएपछि आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै शव बुझ्न मानेका थिएनन् ।

उपचार गर्न हिँडेर दिउँसो दुई बजे आएकी कुमाललाई पेन्टोप्राजोल नामको सुई चिकित्सकले लगाइदिए लगत्तै मृत्यु भएको आफन्तले आरोप लगाउँदै आएका थिए । ट्राइकेन एमपिएस झोल औषधि र पेन्टोप्राजोल सूई चलाएका लगत्तै मृत्यु भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले डाक्टर प्रकाश नेपाली र संचालक विनोद धौलाकोटीलाई नियन्त्रणमा लिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस