दाङ, २० वैशाख । महेन्द्र बहुमुखी क्याम्पस दाङको नेपाली विभागले कक्षा ११ र १२ को अनिवार्य नेपाली विषयको पूर्णाङ्कलाई नघटाउन माग गरेको छ । विभागले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।

पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को १०० पूर्णांकबाट खुम्च्याएर अन्यथा गर्न थालेको भन्दै विभागले आपत्ति जनाएको छ । नेपाली भाषाको संरक्षण नेपाली जातिको पहिचान र राष्ट्रियतासँग जोडिएको विषय भएकाले यसको रक्षाका लागि सबै लाग्नुपर्ने भन्दै विज्ञप्तिमा उच्च शिक्षाका हरेक तहमा तत्तत् विषयसम्बद्ध प्रयोजनपरक नेपाली विषय अनिवार्यरुपमा समावेश गर्न पनि माग गरिएको छ ।

विज्ञप्तिमा विभागीय प्रमुख रणकुमार शर्मा तथा सदस्यहरु दिवाकर शर्मा, डा. गोविन्द आचार्य, डा. कृष्णराज डिसी, मेनका पोख्रेल, अम्बिकाप्रसाद डाँगी, दानबहादुर केसी र रमेश लम्सालले हस्ताक्षर गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस