घोराही, २५ वैशाख । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा छाडा पशुचौपायाको संख्या बढ्न थालेपछि नियन्त्रणमा लिएको छ । उपमहानगरको बजार क्षेत्र घोराही, नारायणपुर र गोग्ली लगायतका स्थानमा छाडा पशु चौपाया बढ्दै गएपछि नियन्त्रणमा लिएको हो ।
घोराही र नारायणपुरमा गरी अहिले करिब ६० वटा पशुचौपायाहरु नियन्त्रणमा लिइएका छन् । उपमहागरको कार्यालय परिसरमा रहेको कान्जी हाउसमा छाडा गाईगोरुलाई नियन्त्रणमा राखिएको छ । गाउँबाट किसानहरुले गाईगोरु छोड्दा अहिले ती पशुहरु बजारमा पसेका हुन् । दूध दिँदासम्म र जोत्न सक्दासम्म पाल्ने र त्यसपछि छोड्दिँदा अहिले बजारमा गाईगोरुको बास हुने गरेको छ ।
छाडा पशु चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै आवतजावतमा समस्या समेत हुने गरेको छ । यसैबीच घोराही उपमहागरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि दुईदिने सूचना जारी गरेको छ । आफ्ना पशुहरु लिन र लिन नआएमा पाल्न इच्छुक किसानलाई दिइने गरी उपमहानगरले सूचना जारी गरेको हो । यसअघि पनि उपमहानगरले ६२ बढी छाडा गाईगोरुलाई रोल्पा लगायतका विभिन्न ठाउँमा पठाएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस