दाङ, २७ बैशाख– काठमाण्डौबाट दाङको तुलसीपुर ल्याउँदै गरेका एक अभियुक्त आज दिउँसो हतकडीसहित भागेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिकाको मौरीघाटमा खाना खाने क्रममा उनी भागेको प्रहरीले जनाएको छ ।

जर्वजस्ती करणी र डाँकाचोरी मुद्धामा अभियोग लागेका घोराही उपमहानगरपालिका–१५ कटरबोट निवासी २१ बर्षीय पारस केसी काठमाण्डौस्थित सिंहदरबार बृत प्रहरीले पक्राउ गरी तुलसीपुर ल्याउने क्रममा भागेका हुन् । सार्वजनिक बसमा एक हवल्दार र एक जवानको साथमा रहेका केसी खाना खाने क्रममा बसबाहिर निस्केको मौका छोपी हतकडीसहित भागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएस्पी प्रकाश सापकोटाले बताउनुभयो ।

फरार केसीको व्यापक खोजी भैरहेको उहाँले बताउनुभयो । केसीविरुद्ध मुद्धा दायर भएको लामो समय भए पनि उनी फरार थिए । प्रहरीले खोजी गर्ने क्रममा उनलाई काठमाण्डौमा पक्राउ गरेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस