घोराही, २८ वैशाख । बुद्ध इन्टरनेसनल हस्पिटल घोराहीमा पेटमा रहेको अण्डकोषको अप्रेसन सफल भएको छ । मृगौला रहेको स्थानबाट उत्पादन भएर गुप्ताङ्गमा झर्ने अण्डकोष नझरेपछि घोराही ११ हापुरका २३ वर्षीय चन्द्र बोहराको दुरविन विधिबाट अप्रेसन गरिएको हो ।
अस्पतालका प्रबन्ध निर्देशक डा. रमेश बस्नेतका अनुसार दायाँ भागको अण्डकोष अण्डथैलीमा झर्नुपर्ने भए पनि नझरेका कारण अप्रेसन गर्नु परेको हो । चिकित्सकहरु सर्जन डा. रमेश बस्नेत, एनेस्थेसिया डा. सुरेन्द्र कुँवर, नारायणप्रसाद शर्मा लगायतका स्वास्थ्यकर्मीहरुले अप्रेसन गर्नुभएको हो ।
अण्डकोष अण्डथैलीमा नझरी बीचमै अड्किएपछि क्यान्सर हुने खरता हुँदा अप्रेसन नै गर्नुपर्ने डा. बस्नेतको भनाइ छ । अप्रेसन र उपचारका लागि करिव ५० हजार रुपैयाँ खर्च हुने अस्पताल प्रशासनले जनाएको छ ।
यसैबीच अस्पताल सञ्चालन भएको ५ महिनामा करिब ५ सय जनाको अप्रेसन भएको अस्पतालले जनाएको छ । दुरविन विधिबाट पित्तथैलीमा रहेको पत्थरी ५०, एपेण्डीसाइडको १५, पिसाबनलीको अप्रेसन १५ वटा अप्रेसन भएको छ । अन्य सामान्य प्रकारका विभिन्न अङ्गहरुको अप्रेसन भएको डा. बस्नेतले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस