घोराही, ३० वैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर २ ले जन्मदर्ता शिविर सम्पन्न गरेको छ । वडाको पहाडी विकट क्षेत्र चाक्लीघाटमा ३ दिने जन्मदर्ता विशिर आयोजना गरेको हो ।

२७ गतेबाट सुरु भएको शिविरमा झण्डै दुईसय जनाले सेवा लिएको वडाअध्यक्ष केशव आचार्यले बताउनुभयो । जन्मदर्ता शिविर नाम दिइए पनि शिविरमा जन्मदर्ता, जेष्ठ नागरिक परिचय पत्र, मृत्यु दर्ता, नागरिकताको सिफारिस, विवाह दर्ता लगायत वडाबाट दिइने सबै किसिमका सेवाहरु उपलब्ध गराइएको वडाध्यक्ष आचार्यले बताउनुभयो ।शिविरबाट वडाकाका सोरेटी, खुरुले, चाक्लीघाट, ज्यामिरेपाटा र ढुङ्गा हान्ने गाउँका नागरिकहरुले सेवा लिएका छन् । विकट क्षेत्रका नागरिकहरुलाई सेवा प्रवाहमा सहजता ल्याउने सोचका साथ शिविरको आयोजना गरिएको आचार्यले बताउनुभयो ।

चाक्लीघाट आसपासको यो क्षेत्र सडक सञ्जालले नछोएको र विद्युत, खानेपानी लगायतका आधारभूत आवश्यकताबाट पनि बञ्चित रहेको क्षेत्र हो । हाल बेलदमारदेखि तल्लो चाक्लीघाटसम्म वडा कार्यालयले आठ लाख रुपैयाँ विनियोजन गरी सडक सञ्जाल विस्तार गरिरहेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस