घोराही, १ जेठ । युवा संघ नेपालको २८ औं स्थापना दिवसका अवसरमा घोराहीमा आयोजित मैत्रीपूर्ण फुटबलमा पत्रकारको समूह विजयी भएको छ । आयोजक युवा संघ र पत्रकार समूहबीच भएको फाइनल खेलमा युवा संघलाई ७—० गोल अन्तरले विजयी भएको हो ।
मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून ब्यबसायी र पेशागत महासंघको टोलीबीच प्रतिष्पर्धा भएको थियो । युवा संघले पेशागत महासंघको र पत्रकारहरुले कानून ब्यबसायीलाई हराउँदै फाइनलमा पुगेका थिए । फाइनल खेलमा पत्रकारको तर्फबाट रामकृष्ण बस्नेतले सर्वाधिक ३ गोल गर्नुभयो भने सविन प्रियाशन, रुपक थापा, मनिष पाण्डे र गोपाल कवरले १/१ गोल गरी पत्रकारको टोलीले ७ गोलका साथ विजयी भएको थियो । विजयी पत्रकारको टोलीले २० हजारको खशी उपहार प्राप्त गरेको छ ।
पत्रकारहरुको तर्फबाट सविन प्रियासन, रूपक थापा, मनिष पाण्डे, चन्द्र नेपाली, दोर्ण योगी, भुबन वली, रामकृष्ण बस्नेत, गोपाल कुवर, शिबराज गिरी, सोनम चौधरी, बिश्व चौधरी, देवराज भण्डारी, आरके शीतल, किरण गौतम, प्रेमबहादुर राम्जा, सन्तोष अधिकारी, हेमराज अधिकारी, सुमन केसी, लिलाधर वली, टीका बस्नेत, दिपक वली, सुमन केसी, प्रकाश चौधरीले खेल्नुभएको थियो ।

युवाहरुलाई उत्पादनमा लगाउन आग्रह
यसैबीच प्रतियोगिताका विजेताहरुलाई बधाइ ज्ञापन गर्दै समापन कार्यक्रममा प्रदेशसभा सदस्य रेवतीरमण शर्माले युवाहरुलाई उत्पादनशील क्षेत्रमा लाग्न सुझाव दिनुभएको थियो । युवासंघ २८ वर्षमा लागेकोमा शुभकामना व्यक्त गर्दै सांसद शर्माले युवाहरुलाई विकास र समृद्धिको दिशातर्फ केन्द्रीत गर्ने भूमिका युवासंघले गर्नुपर्नेमा जोड दिनुभयो ।

यसैगरी प्रमुख अतिथि एवं एमाले दाङका अध्यक्ष टीकाराम खड्काले युवाहरुलाई रचनात्मक कार्यक्रम केन्द्रित गर्न फुटवल प्रतियोगिताले सन्देश दिएको बताउनुभयो । उहाँले राजनीतिक अधिकारको लडाई करिब सकिएकाले युवाहरुलाई रचनात्मक क्रियाकलापमा लाग्न सुझाव दिनुभयो ।

सो अवसरमा बोल्दै युवा संघ नेपालका पाँच नम्बर प्रदेश संयोजक मनोहर बुढाथोकीले युवाहरु सधै आन्दोलनमा मात्रै होइन समाजका विभिन्न रचनात्मक क्रियाकलापमा पनि छन भन्ने कुरा प्रतियोगिताले स्थापित गरेको भन्दै सधैँ सकारात्मक क्रियाकलापमार्फत देशलाई समृद्धितर्फ लैजान युवाहरु लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष मौसम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसचिव माधव वलीले गर्नुभएको थियो ।

प्रतियोगीता पश्चात बोल्ने बक्ताहरुले युवाहरु सिर्जनशील हुनुपर्ने भन्दै खेललाई सद्भाव र भाईचाराको सम्बन्ध गराउने माध्यमका रुपमा लिन आग्रह गरेका थिए । खेलले सबैलाई मिलन गराउने भन्दै मैत्रीपुर्ण फुटबलले सबैलाई सद्भावको बाटोमा डो¥याउने बिश्वास गरेका थिए ।
 समापन कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष टीकाराम खड्का, प्रदेश सांसद रेवतीरमन शर्मा, युवा संघका केन्द्रीय सचिबालय सदस्य मनोहर बुढाथोकीले बोल्नुभएको थियो । युवा संघका जिल्ला अध्यक्ष मौसम आचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण सहसचिव माधव वलीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस