घोराही, २ जेठ । दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । घोराही लमही सडकखण्डको लमही नगरपालिका ६ कुलमोड नजिकै घोराहीबाट लमहीतर्फ जाँदै गरेको लु १ ख ५६३२ नम्बरको ट्रक र लमहीबाट घोराही आउँदै गरेको लु ३० प ९७२८ नम्बरको मोटरसाइकल मंगलबार राति साढे ११ बजे एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १२ हापुर निबासी २८ वर्षीय भीमबहादुर पुन र पछाडि सवार रोल्पा नगरपालिका ९ बस्ने ४० वर्षीय बुद्धिबल घर्तीको मृत्युभएको हो । दुर्घटनामा परी गम्भिर घाइते दुबैलाई उपचारका लागि लमही अस्पताल लैजाने क्रममा बाटोमै मृत्युभएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
ट्रक र मोटरसाइकल दुबै तीब्र गतिमा रहेको र घुम्तीमा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न ट्रक र चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रण लिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस