घोराही, २ जेठ । घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख सीता न्यौपानले लैङ्गिक हिंसाको अन्त्य परिवारबाटै सुरु हुनुपर्ने बताउनुभएको छ । अधिका‌ंश घटनाहरु परिवारबाट हुने बताउँदै उहाँले परिवारबाट हुने यस्ता घटनाहरु रोक्न जरुरी रहेको बताउनुभयो । दाङ सञ्चार प्रालिको आयोजना र घोराही उपमहानगरपालिका वडा नम्बर २ को सहयोगमा आजदेखि रामपुरमा सुरु भएको लैङ्गिक हिंसा न्यूनिकरण विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यबहाक नगर प्रमुख न्यौपानेले लैङ्गिक विभेदको अन्त्य आवस्यक रहेको बताउनुभयो ।वडा अध्यक्ष केशबराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै न्यौपानेले लैङ्गिक समानताले मात्रै परिवार र समाजको समृद्धि सम्भव भएको बताउनुभयो । महिला र पुरुषको सहकार्य एवं सहयोगले मात्रै परिवार तथा समाजलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ । परिवार हिंसामुक्त बनाउन सके समाज आफै हिंसामुक्त हुने भएको हुँदा हरेक परिवार लैङ्गिक हिंसामुक्त हुन जरुरी रहेको उहाँले बताउनुभयो ।
न्यायीक समितिका संयोजक समेत रहनुभएका न्यौपानेले लिङ्गको आधारमा कसैलाई पनि विभेद गर्न नहुने बताउनुभयो । भोलिसम्म चल्ने अभिमुखीकरणको जेएन सागर, सन्तोष सुवेदी र इन्द्र डिसीले सहजीकरण गरिरहनुभएको छ ।
अभिमुखीकरणमा  वडाका ४० जना महिला एव‌ं पुरुषहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रमको सहजीकरण दाङ सञ्चार प्रालिका अध्यक्ष किरण गौतमले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस