घोराही, ४ जेठ । दाङका स्थानीय तहहरुमा सहकारीलाई हस्तान्तरण प्रकृया सुरु भएको छ । डिभिजन सहकारी कार्यालयले आज पहिलो चरणमा दशवटै तहमा पर्ने सहकारी संस्थाहरुको अभिलेख हस्तान्तरण गरेको छ ।
अभिलेख हस्तान्तरण तथा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतहरुलाई सहकारीसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरी डिभिजन कार्यालयले पहिलो चरणमा अभिलेख हस्तान्तरण गरेको हो ।
डिभिजन प्रमुख विनोदकुमार पौडेलको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको प्रमुख आतिथ्यतामा १० वटै तहहरुलाई सहकारीको अभिलेखहरु हस्तान्तरण भएको हो । दाङमा ६ सय १८ सहकारी संस्थाहरु रहेका छन् ।
स्थानीय तहअन्तर्गत घोराही उपमहानगरपालिकामा एक सय ८९, तुलसीपुरमा १ सय ६०, लमही नगरपालिमा ४१, बङ्गलाचुली गाउँपालिकामा २० वटा सहकारी संस्थाहरु रहेको डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै राप्ती गाउँपालिकामा २६, गढवा गाउँपालिकामा ४१, राजपुर गाउँपालिकामा १०, दङ्गीशरण गाउँपालिकामा  २२, बबई गाउँपालिकामा  १२ र शान्तिनगर गाउँपालिकामा २२ वटा सहकारी संस्थाको अभिलेखलाई आज हस्तान्तरण गरिएको हो ।
६ सय ३५ सहकारी मध्य ५ सय ४३ वटा स्थानीय तह र ९२ वटा प्रदेश सरकारलाई कार्यालयले हस्तान्तरण गरेको हो । कार्यक्रममा सहकारी विभागका शाखा अधिकृत लीलावल्लभ चापागाईले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको छ भने सहजीकरण कमल पोख्रेलले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस