घोराही, ४ जेठ । घोराही उपमहानगरपालिकाले पाक्षिकरुपमा गर्दै आएको सरसफाई अभियान चलाउने जिम्मेवारी नगरबासीलाई दिएको छ । वातावरण बिपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले अब उपमहानगरपालिकाले अनुगमन तथा नियमन गर्ने र सम्बन्धित टोल तथा बस्तीका नागरिकहरुले पाक्षिकरुपमा सरसफाई गर्ने निर्णय गरेको हो ।
समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा बसेको बैठकले सरसफाई अभियानलाई थप तिब्रता दिँदै पूर्ण सरसफाईमा केन्द्रित गर्ने र स्थानीय सरकारले अनुगमन र नियमनको काम गर्ने निर्णय गरेको हो ।
नागरिकहरुलाई सरसफाईमा जागरुक र जिम्मेवार बनाउन केही समय आफुहरु नै खटिएको भन्दै संयोजक डाँगीले अब नगरबासीहरु नै सरसफाईमा खट्ने जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा पूर्ण सरसफाई अभियानलाई थप प्रभावकारी बनाउन बजेट र कार्यक्रमलाई प्राथमिकता दिने उहाँको भनाई छ ।
साथै बिपद् व्यवस्थापन समितिले केही दिन पहिलेको हावाहुरीले घर उडाएका परिवारहरुलाई राहत दिनका लागि नगर कार्यपालिकामा सिफारिस गरिएको संयोजक डाँगीले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस