दाङ, ५ जेठ– रुकुमेली एकता समाज घोराही उपमहानगरपालिका वडानं. १६ को प्रथम अधिवेशन आज शनिबार सानी अम्बापुरमा सम्पन्न भएको छ । अधिवेशन समाजका अध्यक्ष लीलाधर खड्काको अध्यक्षता र घोराही उपमहानगरपालिका वडानं. १६ का अध्यक्ष लछिनप्रसाद बुढाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले रुकुमबाट दाङ बसाइसराइ गरी आएका मानिसहरुबीच एकता र सहकार्यको वातावरण निर्माण गर्नु सराहनीय काम भएको बताउनुभयो । आफ्नो जन्मथलोका भेषभुषा, कला, संस्कृती र भाषाको संरक्षण गर्न समाजले महत्वपूर्ण भूमिका खेलनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रमका बिशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले समाज विकासका क्रममा बिभिन्न ठाउँमा बसाईसराई भए पनि मौलिक संस्कृतीको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

कार्यक्रममा राप्ती इञ्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक भिमसेन गिरी, बिद्यानिलकण्ठ स्कूलका प्रिन्सिपल गणेश केसी, मानवअधिकारकर्मी बिनोद केसी, कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसी र किड्स ब्राइट स्कूलका प्रिन्सिपल दुर्गाप्रसाद शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो । समाजका सल्लाहकार खिमबहादुर नाथको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सन्देश रिजालले गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न लोकसंस्कृती झल्कने सांस्कृतिक प्रस्तुती पनि गरिएको थियो ।

अधिवेशनले लिलाधर खड्काको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । समाजको उपाध्यक्ष तिर्सना कुसारी दाहाल, सचिव मनकुमारी न्यौपाने दाहाल, कोषाध्यक्ष तारक खड्का र सहसचिव सर्जन खत्री रहेका छन् । सदस्यहरुमा धनबहादुर खत्री, हर्कबहादुर बुढा, आशबहादुर श्रेष्ठ, मनराज नाथ, बलबहादुर खड्का र तील बहादुर राम्जाली चयन भएका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस