घोराही, ५ जेठ । नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको ३४औं स्मृति दिवसका अवसरमा घोराहीमा कार्यकर्ता भेला आयोजना गरिने भएको छ । भेलालाई सम्बोधन गर्नका लागि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरु दाङ आउनुहुने भएको छ ।
विगतमा नेकपा एमालेले मनाउँदै आएको नेत्रलाल पौडेल अभागीको स्मृति दिवस नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि संयुक्त रुपमा मनाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने ३४औं नेत्रलाल स्मृति दिवसका अवसरमा घोराही उप महानगरपालिकाको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको छ ।
भोलि ११ बजे आयोजना गरिएको कार्यक्रमलाई नेकपाका वरिष्ठ नेता नेपाललगायत स्थायी कमिटी सदस्यद्वय युवराज ज्ञवाली र शंकर पोखरेलका साथै नेकपाका केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मा प्रभाकरलगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस