घोराही, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य युवराज ज्ञवालीले नेत्रलाल अभागीको जीवनी कम्युनिष्टहरुका लागि मार्गदर्शन भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी दाङले आइतबार घोराहीमा आयोजना गरेको दङाली कम्युनिष्ट आन्दोलनका अगुवा नेत्रलाल अभागीको ३४ औँ स्मृति दिवसमा बोल्दै ज्ञवालीले हिँजोको वलिदान र त्यागले अहिले सार्थकता पाएको उल्लेख गर्नुभयो ।हिँजोका बलिदानलाई आज पनि कायम राख्दै प्राप्त उपलब्धिलाई संस्थागत र समाज रुपान्तरणको दिशामा कम्युनिष्ट पार्टी केन्द्रीत हुने उहाँले बताउनुभयो । अबको लक्ष्य जनतालाई संमृद्ध बनाउने भएको भन्दै स्थायी कमिटी सदस्य ज्ञवालीले राजनीतिक रुपमा देश सगरमाथाको चुचुरोमा पुगेको संज्ञा दिनुभयो ।
जनताले कम्युनिष्टलाई एक ढिक्का बनाउनमा योगदान गरेको भन्दै ज्ञवालीले अब जनतालाई कसरी समृद्ध बनाउने भन्ने विषयमा आफूहरु केन्द्रित हुने उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता टीकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता ज्ञवालीले कम्युनिष्टहरुको सानलाई बचाएर देश विकासमा लाग्नु नै प्रमुख लक्ष्य हुने बताउनुभयो ।कार्यक्रममा बोल्ने विभिन्न तहका नेताहरुले नेपाल कम्युनिष्ट पार्टीलाई बलियो बनाउन सबैको जिम्मेवारी उत्तिकै रहेको बताए । नेत्रलाल अभागीले देखाएको सपना आज दुई ठूला कम्युनिष्ट शक्तिहरु एक हुनु नै आज पूरा भएको धारणा राखे ।
कार्यक्रममा संघीय संसदका सांसद मेटमणि चौधरी, हिराचन्द्र चौधरी, प्रदेश सांसद अमरबहादुर डाँगी लगायतले अबको लक्ष्य जनताको सेवा भएको भन्दै काम गर्ने शैली फरक भए पनि उद्देश्य एउटै भएको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण नेकपाका नेता सुवास पुनले गर्नुभएको थियो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछिको नेपाल कम्युनिष्ट पार्टीले आज नेत्रलाल अभागीको स्मृति दिवसलाई पहिलो कार्यक्रमका रुपमा मनाएको हो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस