दाङ, ९ जेठ । नेपाली काँग्रेस क्षेत्र नं. ३ को बैठक बुधबार सम्पन्न भएको छ । बैठकले घोराहीको बिपी चोकमा स्थापना गर्न थालिएको बिपीको शालिक निर्माणको तयारी अन्तिम चरणमा पुगेकाले शालिक निर्माणमा सहयोग गर्न नेपाली काँग्रेका नेता कार्यकर्ता, भातृ सङ्गठन तथा शुभेच्छुक संघसंस्था, व्यक्तिहरु सबैमा आग्रह गरेको छ ।
क्षेत्रिय सभापति भूपबहादुर डाँगीको अध्यक्षता तथा निवर्तमान सांसद राजु खनालको प्रमुख आतिथ्यतामा बसेको बैठकले नेपाली काँग्रेस केन्द्रीय कार्यालयको समन्वयमा बृहत क्षेत्रिय भेला एवम् प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त भेलामा केन्द्रीय नेताहरुलाइ समेत आमन्त्रित गरिने सचिव वद्रीकुमार खड्काले जानकारी दिएका छन् ।
बैठकले काँग्रेसका क्रियाशील सदस्य घोराही उपमहानगरपालिका वडा नं. ७ निवासी नरबहादुर चौधरी, घोराही नगर समितिका सदस्य राजकुमार बस्नेतका पिता डिल्लीबहादुर बस्नेत, घोराही १७ का गोविन्द्र अधिकारी, घोराही १४ का क्रियाशील सदस्य ठाकुरप्रसाद आचार्यका छोरा शिव आचार्य, नेविसंघ महेन्द्र बहुमुखी क्यासपसका इकाइ सदस्य भीमवहादुर पुनको निधनप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली एवं परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
यसैगरी नेपाली काँग्रेस क्षेत्र नं २ को बैठक पनि सम्पन्न भएको छ । क्षेत्रीय सभापति गिरिराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले आफ्नो क्षेत्रका विभिन्न स्थानमा कार्यकर्ता भेटघाट गर्ने निर्णण गरेको छ । यही जेठ ११, १२  र १३ गते क्षेत्रका विभिन्न स्थानमा कार्यकता भेटघाट गर्ने निर्णय गरेको छ ।
वैठकले बङ्गलाचुली गाउँपालिका वडा नं ४ फाटा निबासी शहीद धनबहादुर घर्तीकी श्रीमती एवम् क्रियाशील सदस्य दिलकुमारी घर्तीको निधनप्रति दुःख व्यक्त गर्दै १३ दिनको पुण्यतिथिमा जेठ ११ गते विहान ९ बजे उनकै निवास फाटामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।
बैठकले राप्ती गाउँपालिका वडा नं ४ का वडा सदस्य एवम् नेपाली काँग्रेसका क्रियाशील सदस्य विश्वपति चौधरीको निधनप्रति दुःख व्यक्त गरेको क्षेत्रीय सचिव चुडामणि आचार्यले जानकारी दिएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस