घोराही, १० जेठ । घोराही यही जेठ २५ गतेदेखि नगरस्तरीय रनिङ मेयरकप फुटबल प्रतियोगिता हुने भएको छ । घोराही उपमहानगरपालिकाको २८ औँ कार्यपालिकाको बैठकले यही जेठ २५ गतेदेखि घोराहीमा ‘घोराही नगरस्तरीय रनिङ मेयरकप फुटबल’ खेल सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाभित्रका फुटबल खेल तथा फुटबल खेलका संरचनाहरु विकास गरी फुटबल खेलाडीहरुमा रहेको प्रतिभाहरुलाई प्रष्फुटन गर्ने उद्देश्यका साथ खेलको आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले खेलकुद संचालन र व्यवस्थापनका लागि ७ सदस्यी समिति समेत गठन गरेको छ । वडा नम्बर ७ का संयोजक खोपीराम चौधरीको संयोजकत्वमा वडा नम्बर २ का अध्यक्ष केशब आचार्य, १० का अध्यक्ष चित्रबहादुर डाँगी, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, १६ का अध्यक्ष लछिनप्रसाद बुढामगर र कार्यपालिका सदस्य माया रावत सदस्य रहेको समिति गठन भएको छ ।
साथै नगर क्षेत्रमा रहेका नेशनल ट्रेडिङ र जनकपुर चुरोट कारखानाको जग्गा उपमहानगरले उपयोग गर्ने विषयमा बाल उद्यान र पार्किङ स्थान बनाउने गरी स्वामित्वमा लिन सम्बन्धित निकायलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले नेत्रलाल फाउन्डेसनको भवन निर्माणका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४० लाख रुपैयाँ प्राप्त भएको र घोराही उपमहानगरपालिकाको १६ तेरौटेमा २२ कट्ठाको सरकारी जग्गा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
साथै चालु आर्थिक वर्षका केही योजनाहरु सम्झौता हुन बाँकी देखिएकाले यही जेठ २० गतेसम्म सम्झौता गरिसक्न निर्देशन दिँदै त्यसपछि सम्झौता नगर्ने निर्णय भएको छ । बैठकले माध्यामिक विद्यालय डाँडागाउँ गोग्लीमा शैक्षिक अवस्था सुधारका लागि आवस्यक उपकरणहरु कम्प्युटर, ल्यापटप, प्रिन्टर खरिद गर्न ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस