महेश बस्नेत
घोराही, ११ जेठ । सकारात्मक सोचका साथै विद्यार्थीहरुको बानीमा बृद्धि विकास पुर्‍याउनका लागि घोराही उपमहानगरपालिका वडा नं. १६ मा रहेको ज्ञानमाला एकेडेमीले अभिमुखीकरण सम्पन्न गरेको छ । विद्यार्थीहरुमा आत्मविश्वास उजागर गराउनुका साथै लक्ष्य प्राप्तिका लागि निरन्तर कर्ममा कटिबद्ध भएर लाग्न प्रेरणा जगाउन अभिमुखीकरण सञ्चालन गरिएको विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पोख्रेलले बताउनुभयो ।

सफलता प्राप्त गर्नका लागि आफूमा असल बानीको विकास गर्नुपर्ने अभिमुखीकरणका सहजकर्ता डा. लोकराज पराजुली बताउनुहुन्छ । आफ्नो कार्यलाई तालिकाबद्धरुपमा निर्माण गरी दैनिकरुपमा सञ्चालन गरे मात्र लक्ष्य प्राप्तिमा सहजता हुने उहाँको धारणा छ । सफल जीवन निर्माण गर्नका निम्ति बालबालिकाहरुमा सकारात्मक सोचको निर्माण गर्न आवश्यक महसुस गरी विद्यार्थीहरुलाई उत्प्ररेणा दिने खालका कार्यक्रमहरु गर्दै आएको विद्यालयका प्रिन्सिपल केशवराज गिरी बताउनुहुन्छ । सकारात्मक बानीको बृद्धि विकासका टेवा पुर्‍याउन सबै अभिभावक, शिक्षक एवं शिक्षाप्रेमीहरुलाई उहाँले आग्रह गर्नुभयो ।विद्यालयमा यसै वर्षदेखि नियमित रुपमा नृत्य कक्षा एवं अतिरिक्त समयमा योग कक्षा सञ्चालन गर्दै आएको छ । विद्यालयले सिकाइ प्रक्रियालाई सहज र उपलब्धिमूलक बनाउन क्रियाकलापमा आधारित सिकाइ विधि अबलम्बन गरिरहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पोख्रेलको अध्यक्षता एवम् पत्रकार डा. लोकराज पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल केशवराज गिरीले गर्नुभएको थियो । कार्यक्रममा कक्षा तीनदेखि दससम्मका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस