घोराही, ११ जेठ । विद्यानीलकण्ठ माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुले मतदानबाट आफ्नो नेतृत्व आफै चुनेका छन् । मतदानको विधिबाट उनीहरुले आफ्नो नेतृत्व चुनेका हुन् । विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत भएको प्रयोगात्मक अभ्यासमा मतदाता शिक्षा र लोकतन्त्रको अभ्यास सिकाउने उद्देश्य राखिएको विद्यालयका प्रिन्सिपल गणेश केसीले जानकारी दिनुभयो ।
विद्यालयमा रहेका चार सदनका क्याप्टेन, भाइस क्याप्टेन र समग्र विद्यार्थी नेताका रुपमा एक छात्र र एक छात्रा गरी जम्मा छ जनाका लागि निर्वाचन भएको हो । विभिन्न पदमा १६ जना छात्रछात्राहरुले उम्मेदवारी दिएकामा निर्वाचनमा  सदनका क्याप्टेनमा चिन्तन पोख्रेल, भिषण आचार्य, मोहम्मद नासिर  र सुमित रोका मगर विजयी भएका छन् ।
यसैगरी भाइस क्याप्टेनमा अंशु गौतम, दक्षिणा केसी र  शिव केसी चुनिएका छन् । यसैगरी विद्यालयको हेड गर्लमा इलिसा रोकामगर र हेड ब्वायमा आरएन मियाँ निर्वाचित भएका छन् । कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरुले मतदान प्रक्रियामा सहभागिता जनाएका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस