घोराही, ११ जेठ । सामुदायिक संस्थाहरुको लेखा व्यवस्थापनलाई सुधार गर्ने उद्देश्यले दाङको घोराहीमा दुईदिने तालिमको आयोजना गरिएको छ । घोराही उपमहानगरपालिका गरिबसँग विश्वेश्वर कार्यक्रमको आयोजनामा सामुदायिक संस्थामा आबद्ध पदाधिकारीहरुलाई तालिम दिन थालिएको हो ।
वडा नम्बर १३ र १८ मा गरिव सँग विश्वेश्वर कार्यक्रम मार्फत गठन भएका विभिन्न समूहका अध्यक्ष, कोषाध्यक्ष र सचिवहरुका लागि लेखा व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिएको हो ।
वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले कुनै पनि संस्था सफल हुनका लागि आर्थिक व्यवस्थापनमा पारदर्शिता अनिवार्यता भएकोमा जोड दिएका छन् ।
संस्थाहरुको लक्ष्य उद्देश्य पूरा गर्नका लागि आर्थिक पाटो बलियो र पारदर्शी हुन आवस्यक रहेको उनीहरुको भनाइ छ । कार्यक्रममा गरिबसँग विश्वेश्वर कार्यक्रममा जिल्ला समन्वयकर्ता सुदीप गौतम, स्थानीय विकास कोषका मुक्तिराम सुवेदी लगायतकाले सामूहिक बचत, नगद कारोबारमा पारदर्शिता ल्याउन तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
विभिन्न समुहमा आबद्ध ३० जना महिला पुरुषको सहभागिता रहेको तालिमको प्रशिक्षकमा मुक्तिराम सुवेदी र सुधाकर पोख्रेल रहनुभएको छ । कार्यक्रमको सहजीकरण गरिबसँग विश्वेश्वर कार्यक्रमका सामाजिक परिचालक भीमा सुवेदीले गर्नुभएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस