दाङ, १४ जेठ । १८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको कसुरमा दाङ देउखुरी जिल्ला अदालतले घोराही उपमहानगरपालिका–१५ का १९ वर्षीय दीपेन्द्र धानुकलाई पाँचवर्ष कैद गर्ने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधिस हेमन्त रावलको इजलासले २०७५ जेठ १३ गते दोषि ठहर गर्दै कैद गर्ने फैसला गरेको हो । घटनाका अर्का आरोपित घोराही उपमनपा–१५ कै २२ वर्षीय राजु भण्डारी भने फरार रहेकाले मुलतविमा राखिएको श्रेस्तेदार गम्भीर रानाले जानकारी दिए ।
धानुक र भण्डारीले युवतिलाई २०७३ माघ ३ गते बलात्कार गरेपछि पीडित पक्षले २०७४ बैशाख २ गते जिल्ला प्रहरी कार्यालय घोराहीमा जाहेरी दिएका थिए । प्रहरीले सोही दिन गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित युवतिको २०७४ बैशाख २ गते राप्ती उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परीक्षण भएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस