महेश बस्नेत
घोराही, १६ जेठ । बृद्धहरुलाई मृत्युपछि श्राद्ध होइन, जीवित छदाँ श्रद्धा गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । १०औं गणतन्त्र दिवसको अवसरमा ज्ञानमाला एकेडेमी घोराही–१६ सर्रामा अध्ययनरत विद्यार्थीहरुले तेराैँटेस्थित बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफूल तथा जुस वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण पोख्रेलको अध्यक्षता एवम् जेष्ठ नागरिक सरोकार केन्द्र दाङका अध्यक्ष भूपाल गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि गिरीले बृद्धबृद्धाहरुलाई बृद्धाश्रममा होइन घरमा नै सेवा गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । हरेक सन्तानले आफ्ना बृद्ध आमाबुवाप्रति राम्रो वचनका साथ प्रस्तुत भइदिए मात्र उहाँहरुप्रति सम्मान गरेको ठहरिने गिरीले बताउनुभयो । गिरीले विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट रकम छुट्याएर गणतन्त्र दिवसको अवसरमा बृद्धबृद्धाहरुप्रति देखाएको श्रद्धा र सम्मानप्र्रति प्रशंसा गर्नुभएको थियो ।यसैगरी कान्तिपुर दैनिकका उपसम्पादक दुर्गालाल केसीले विद्यार्थीहरुलाई समाज परिवर्तनतर्फ अग्रसर हुनपर्ने धारणा राख्नुभयो । उहाँले वास्तविक जीवनको अध्ययन गरी समाजप्रति उत्तरदायी रहन विद्यार्थीहरुलाई आग्रह गर्नुुभयो । विद्यालयका निर्देशक समेत रहेका केसीले विद्यार्थीहरुले यस किसिमका रचनात्मक कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक बिमला केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रिन्सिपल केशवराज गिरी, छात्रा झरना डाँगीलगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण छात्र विनय ओलीले गर्नुभएको थियो । कार्यक्रममा बृद्धाश्रममा रहेका १७ जना बृद्धबृद्धाहरुलाई फलफूल तथा जुस वितरण गरिएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस