घोराही, १८ जेठ । विभिन्न राजनीतिक दल निकट दलित संगठनहरुले देश छुवाछुतमुक्त भएको लामो समय बितिसक्दा पनि जातीय विभेदका घटना भइरहेको भन्दै घटनामा संलग्नहरुलाई कारवाहीको माग गरेका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङका अध्यक्ष टंक सुनार, नेपाल दलित संघ दाङका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाल दलित मुक्ति मोर्चा दाङका अध्यक्ष जगत दर्लामी र जातीय समता समाज दाङका सचिव बलदेव विकले शुक्रवार संयुक्तरुपमा विभिन्न ७ बुँदे मागसहितको ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठमार्फत गृहमन्त्रीलाई पठाएका हुन् ।
उनीहरुले पछिल्लो पटक झापामा गुरुकुल वेद विद्याश्रमले दलित विद्यार्थी भर्ना गर्दा दुव्र्यवहार गरेको, अर्घाखाँचीमा बालिका बलात्कार गरी हत्या गरिएको, सुनसरी र मोरङमा अन्तरजातीय विवाह गर्ने जोडिलाई गाउँ निकाला गरिएको, कञ्चनपुरमा  मन्दिरमा पुजापाठमा रोकलगाइएको जस्ता थुप्रै जातीय विभेदका घटना भएको भन्दै तत्काल विभेदका घटनामा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । साथै यस्ता घटना हुन नदिन सरकारसंग जोडदार माग गरिएको छ । संगठनहरुले माग सुनुवाई नभए कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस