तुलसीपुर, १९ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा न‌ं. ११ ले सिद्धेश्वरी नागरिक सचेतना केन्द्रका महिलाहरुका लागि उद्घोषण तालिम  सञ्चालन गरेको छ । वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि ल्याउन यो तालिम फलदायी हुने बताएका थिए ।

अहिले पनि महिलाहरुमा बोल्ने बानीको विकास हुन नसकेको भन्दै वक्ताहरुले महिलाहरुमा भएका अनुभव एवं उनीहरुका विचारलाई बाहिर ल्याउन जरुरी रहेको बताएका थिए । समाजका हरेक मञ्चहरुमा महिलाको सहभागिता भए मात्र समाज समृद्ध बन्न सक्ने उनीहरुको धारणा रहेको थियो ।

आइतवारसम्म चल्ने तालिमको प्रशिक्षकमा महिला अधिकारकर्मी शुष्मा गिरी र सुबास डाँगी रहनुभएको छ । तालिम उद्घाटन अवसरमा वडा सदस्यहरु घनश्याम गौतम, सुबास डाँगी, खीमा विक,अर्विन चौधरी, वडा कार्यालयकी कर्मचारी लक्ष्मी चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त तालिम वडा सदस्य निर्मा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण सचेतना केन्द्रकी सदस्य रेश्मी चौधरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस