दाङ, २१ जेठ । दाङमा अफिमसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ५ नं. प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले ५ केजी २०० ग्राम अफिमसहित उनीहरुलाई पक्राउ गरेको थियो । आज जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले उक्त जानकारी गराएको हो ।
पक्राउ पर्नेहरुमा रोल्पा पाछाबाङ–७ घर भई हाल घोराही–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भूमे गाउँपालिका–८ का २७ वर्षीय एलनकुमार रोका मगर र रुकुम भूमे–६ का २८ वर्षीय देवबहादुर ओली रहेका छन् ।
प्राप्त सूचनाका आधारमा अनुसन्धानमा खटेको प्रहरी टोलीले शक्तिराम वलीको साथमा रहेको झोलामा प्लास्टिकका पोकाभित्र लुकाई राखेको अवस्थामा अफिम बरामद गरेको थियो । यस बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । १०० ग्राम बढी गाँजा, अफिम जस्ता लागुपदार्थ कारोबारमा संलग्न १५ वर्षमाथिका व्यक्तिलाई जन्मकैदको सजाय हुने कानूनी व्यवस्था रहेको छ निमित्त प्रहरी प्रमुख डिएसपी घर्ती मगरले जानकारी दिनुभयो ।
दाङमा लागुऔषध कारोबारसम्बन्धी आ.व. २०७१/०७२ देखि हालसम्मको अभिलेख यस्तो रहेको छ-
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस