घोराही, २३ जेठ । घोराही उपमहानगरपालिकाको वडा नम्बर १ मा पर्ने विकट पहाडी वस्तीमा मोटरबाटो पुगेको छ । घोराही उपमहानगरपालिकाको २० लाख र वडा नम्बर १ को ५ लाख गरी २५ लाख रुपैयाँको लागतमा साविक रामपुर गाविसको ठाटीखोला, ठाटीकोट, हेकराम, वस्तीकोट र करमकोटमा मोटरबाटो पु¥याइएको हो ।
पहाडका चट्टानहरु फोड्दै ती गाउँहरुमा सडक पुगेपछि बुधबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सडकको उद्घाटन गर्नुभयो । नगर प्रमुख चौधरीको गाडीसहित एकदर्जन गाडी र मोटरसाइकल वस्तीकोटमा पुगेका हुन् । सडक निर्माण समितिका अध्यक्ष गान्टु घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले रिवन काटेर सडकको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख चौधरीले सत्ता सञ्चालन जनताको हातमा रहेको भन्दै अब नगरका सबै क्षेत्रलाई विकासले फुलाउने बताउनुभयो । आवस्यकतामा आधारित कामहरु गरेर जनतालाई विकास र समृद्धिको अनुभूति दिलाउने उहाँको भनाइ छ । साथै उहाँले सडकको समस्या समाधान भइसकेको भन्दै स्थानीयहरुलाई अब उत्पादनलाई व्यवसायिक बनाउँदै बजारसँग जोड्न आग्रह गर्नुभयो ।
वडा अध्यक्ष राममणि पाण्डेले अब पिठ्युको भरमा चलेको दैनिकी गाडी मोटरसँग जोडिने बताउनुभयो । गाउँमा सडक पुगेपछि स्थानीयहरु हर्षित हुँदै नगरप्रमुख सहितका जनप्रतिनिधि र गाडी चालकहरुलाई फूलमालाले स्वागत गरेका छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस