दाङ, २३ जेठ । घोराही उप–महानगरपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालित पशु व्यवस्थापन तालिमको आज समापन गरिएको छ । परम्परागत रुपमा जीवन निर्वाहका लागि पशुपालन गरिरहेका किसानहरुलाई व्यावसायिक र स्वरोजगार बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो ।
तालिममा व्यवस्थित पशुपालन गर्ने तरिका, डाले घाँस, उन्नत जातका बाख्रा, बङ्गुर तथा गाईपालनका फाइदा, औषधी उपचार, खोर तथा गोठ सुधार लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । यस्तै किसानहरुलाई अर्घाखाँचीको ठाडास्थित ह्याचरी उद्योग, राप्ती गाउँपालिकाको गाई तथा बङ्गुरपालन फर्म, लमही नगरपालिकाको सुन्डबरीस्थित माछापालन तथा बाख्रापालन फर्मको अलोकन समेत गराइएको थियो ।
वडा नम्वर ७ का सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले पशुपालन तालिमबाट स्वदेशमा बसेर पनि राम्रो आम्दानी गर्न सकिने बताउँदै किसानहरुले व्यावासायिक रुपमा पशुपालन गर्नुपर्ने धारणा राखेका थिए । तालिमका सहभागीहरुले आफूले गरिरहेको कामलाई व्यावसायिक रुपमा अगाडि बढाउन तालिम सफल भएको बताएका थिए ।
तालिममा घोराही उप–महानगरपालिकाका पशु सेवा प्रमुख निमबहादुर पुन, वडा सदस्य दीपक चौधरी, सुशीला चौधरी, गोमा नेपाली, वडा सचिव चन्द्रबहादुर केसी, सहभागी पोषणबहादुर बस्नेत, केशरी चौधरी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन वडा कार्यालयका सामाजिक परिचालक विमल योगीले गर्नुभएको थियो । ३५ जना किसानहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पशु सेवा कार्यालयका प्रमुख निमबहादुर पुन रहनुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस