घोराही, २४ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर २ को आयोजनामा विकट वस्ती चाक्लीघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा नम्बर २ को स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत उक्त विकट वस्ती चाक्लीघाटमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
नेपाल परिवार नियोजन संघ र पन्थी डेन्टल क्लिनिकको सहयोगमा शिविर चलाइएको छ । भुगोलको दृष्टिले विकटमा रहेको चाक्लीघाटका नागरिकहरुको स्वास्थ्य जाँचको कार्यक्रम पुर्‍याएपछि स्थानीयहरु खुसी भएका छन् । डा. रविन आचार्यसहितको स्वास्थ्यकर्मीको टोली बिरामीहरुको जाँच र परामर्श दिएको छ । शिविरमार्फत सामान्य स्वास्थ्य जाँचसहित पाठेघरको मुखको क्यान्सरको जाँच, परिवार नियोजन सेवा, निःशुल्क औषधि वितरण र परामर्श दिइएको छ ।वडा अध्यक्ष केशवराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख नरुलाल चौधरीले जनताको सरकार सबै क्षेत्रका जनताको घरमा पुग्ने बताउनुभयो । भुगोल र विकासको दृष्टिले पछि परेको चाक्लीघाटको विकासमा आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो । दिगो सडक, बिजुली र खानेपानीका नागरिकहरुको पहुँच स्थापित गर्न अब उपमहानगरले कार्यक्रम र बजेटको लगानी गर्ने बताउनुभयो ।
स्वास्थ्य नै अमूल्य सम्पत्ती भएको भन्दै उहाँले नागरिकहरुको बाँच्न पाउने र उपचार पाउने अधिकारलाई कुण्ठित हुन नदिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सहजीकरण दीपेन्द्र न्यौपानेले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस