तुलसीपुर, २४ जेठ । तुलसीपुर उपमहानगरपालिका ११ पिरगाउँमा सर्पदंशबाट एक जना महिलाको मृत्यु भएको छ । ३५ वर्षीया दुर्गा लामिछानेको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बिहीवार विहान ९ बजेतिर घरभित्रै विषालु सर्पले डसेपछि उपचारका लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही पुर्‍याए लगतै लामिछानेलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रावि कटाँहाको शिक्षिका समेत रहेकी लामिछाने विद्यालय जान आउन सहजताका लागि माइती घरमा बस्दै आउनुभएको थियो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस