घोराही, २५ जेठ । लिङ्ग भाँचिएपछि दाङमा एकजनाको लिङ्गको सफल अप्रेसन भएको छ । यौन सम्पर्क गर्दा लिङ्ग भाँचिएपछि अस्पताल आइपुगेका बिरामीको दाङको घोराहीमा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलको चिकत्सकको टोलीले उक्त अप्रेसन गरेको हो ।

तुलसीपुरका एक युवाको भाँचिएको लिङ्ग अप्रेसन गरिएको अस्पतालका चिकित्सक डा. रमेश बस्नेतले जानकारी दिनुभयो । २९ वर्षीय ती युवाको यौन सम्पर्क गर्ने क्रममा लिङ्ग भाँचिएर लिङ्गमा रगत जमेपछि उनी हस्पिटल भर्ना भएका थिए ।

यौन सम्पर्क गर्ने क्रममा लिङ्ग भाँचिएपछि दुख्ने र यौन उत्तेजनामा कमी आएपछि उनी अस्पताल आएका थिए । लिङ्ग भाँचिएका घटनाहरु दुर्लभ मात्रामा आउने भन्दै डा. बस्नेतले आफूले टिचिङ अस्पताल काठमाडौँमा काम गर्दा दुई–तीन वटा यस्ता अप्रेसन गरेको बताउनुभयो । आफूले टिचिङमा काम गर्दा लिङ्ग भाँचिएका दुई–तीनवटा अप्रेसन गरेको र सोही अनुभवका आधारमा हाल यसप्रकारको अप्रेसन दोस्रो पटक भएको उहाँले जानकारी दिनुभयो ।

अप्रेसनपछि ति युवाको अवस्था सामान्य रहेको छ । यौन सम्पर्क गर्दा लिङ्ग हड्डीमा ठोक्किदा भाँचिने र त्यसपछि उत्तेजना नहुने भन्दै डा. बस्नेतले लिङ्ग भाँचिएपछि लिङ्गमा रगत जम्ने र यसले लिङ्गलाई पूरै निष्क्रिय बनाउने जानकारी दिनुभयो ।

सर्जन डा. बस्नेत नेतृत्वमा खटिएको एनेस्थेसिया डा. सुरेन्द्र कवर, एनेस्थेसिया सहयोगी नारायणप्रसाद शर्मा र नर्सहरु रोजी भण्डारी, विनिता चौधरी, बेलमति घर्ती, पदमा भण्डारीको चिकित्सकको टोलीले भाँचिएको लिङ्गको अप्रेसन गर्नुभएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस