घोराही, २५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ ले प्लाष्टिकका वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्यले दुनाटपरी बनाउने तालिम सञ्चालन गरेको छ । महिलाहरुलाई उद्यमी बनाउने र प्लाष्टिकका वस्तुहरुको प्रयोगमा कमी ल्याउने उद्देश्यले वडाका २५ जना महिलाहरुलाई वडा कार्यालयले तालिम प्रदान गरेको हो ।

विभिन्न वनस्पतिका पातहरुबाट दुना र टपरी बनाएर बिक्री गर्न सके आम्दानी समेत बढ्ने भन्दै महिलाहरुलाई तालिम र सचेतीकरण गरिएको वडा अध्यक्ष रविलाल घर्तीमगरले जानकारी दिनुभयो । दुना टपरी बनाउने सीप प्रदानमा रामजी चौधरी र सीता चौधरी प्रशिक्षकका रुपमा रहनुभएको थियो ।

दुईदिन सीपमूलक तालिम दिएपछि उनीहरुलाई व्यावसायिक रुपमा यस क्षेत्रमा लाग्न आधार बन्ने निष्कर्षमा पुगेर वडाले तालिममा लगानी गरेको अध्यक्ष घर्तीले बताउनुभयो । प्लाष्टिकका वस्तुहरुले स्वास्थ्य र माटोमा समेत असर पु¥याउने भन्दै वडा कार्यालयले उद्यमी बनाउने र आयआर्जन गर्न सकिने भन्दै दुनाटपरी उद्योग सञ्चालन गरेको जनाएको छ । साथै वडा नम्बर १३ ले बालबालिकाको क्षमता र नेतृत्व विकास सम्बन्धी तालिम समेत सुरु गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस