दाङ, २६ जेठ । सर्वोदय पुस्तकालय तथा वाचानालय घोराहीले आजीवन सदस्यका लागि सार्वजनिक आव्हान गरेको छ । पुस्तकालय व्यवस्थापन समितिको बैठकले आजीवन सदस्यता शुल्क १ हजार पाँच सय कायम गर्दै सदस्यका लागि सार्वजनिक आव्हान गरेको हो ।
बैठकले अक्षयकोष बढाउने अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गर्दै स्रोत पहिचान तथा व्यवस्थापन समितिका सदस्य नरेन्द्र केसीलाई प्रचार संयोजक तोक्ने निर्णय गरेको छ ।
अक्षयकोष बृद्धि अभियानमा शनिवार थप सहयोग घोषणा भएको छ । जसअनुसार पुस्तकालय व्यवस्थापन समिति सदस्य तुलसी रानाबाट ५ हजार ५ सय ५५, सदस्य शारदा शर्माबाट ५ हजार एक सय पाँच, सदस्य पद्मप्रसाद शर्माबाट ३ हजार १ सय १५, सदस्य सुशीला आचार्यबाट ३ हजार एक सय पाँच र फ्रेण्डस् बाल क्लबका सल्लाहकार नवीन श्रेष्ठबाट २ हजार १ सय पाँच रुपैयाँ सहयोग घोषणा गरिएको छ । बैठकले दाताहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
बैठकले पुस्तकालय भवन निर्माणको लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमवाट रकम उपलब्ध गराउन सभामुख कृष्णबहादुर महरासहित यस क्षेत्रका सबै सांसदहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी पछाडिको जग्गामा ई–लाईव्रेरि सञ्चालन गर्न ट्रष्ट निर्माणको लागि घोराही उपमहानगरपालिकालाई अनुरोध गर्दै अहिले आइरहेको एक लाख व्यवस्थापन खर्चलाई दुई लाख गराउन पनि बैठकले माग गरेको छ ।
व्यवस्थापन समितिका अध्यक्ष सुशील गौतमको अध्यक्षतामा बसेको बैठकले जग्गादाता टेकनाथ गौतमको सम्मानस्वरुप पुस्तकालयमा उहाँको तस्वीर राख्ने र बजार क्षेत्रका साइनबोर्डमा लेखिने भाषा शुद्ध बनाउन भाषा सुधार अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ । जसअनुसार पहिलो चरणमा अस्पताल टोल, गौतमनगर टोल र पिपलबोट टोलमा रहेका साइनबोर्डका भाषिक अशुद्ध सुधार गर्न लगाउने निर्णय गर्दै बैठकले यसका लागि पद्मप्रसाद शर्माको संयोजकत्वमा टीकाराम उदासी, अम्बिकाप्रसाद डाँगी र सम्वन्धित टोल विकासका अध्यक्ष रहेको एक समिति गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस