दाङ, २६ जेठ । बेलहरीमा निर्माण भएको महिला सामुदायिक भवनको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर पुनको अध्यक्षता तथा स्थानीय बयोबृद्ध प्रेमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बयोबृद्ध प्रेमबहादुर बुढाथोकीले रिवन काटेर भवनको उद्घाटन गर्नुभएको हो ।

वडा कार्यालयले उपलब्ध गराएको रकम भन्दा पाँच गुणा बढी जनश्रमदानबाट निर्माण गरिएको दुई कोठे महिला सामुदायिक भवन निर्माणमा करिव साढे ३ लाख रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष रामबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणका लागि  वडा नम्वर ७ ले ५० हजार, विभिन्न सहयोगी दाताहरुले ४४ हजार दुई सय ४५ रुपैयाँ र स्थानीय उपभोक्ताहरुबाट १ लाख १३ हजार नौ सय रुपैयाँ नगद खर्च गरिएको छ । यस्तै उपभोक्ताहरुले १ लाख ५० हजार बराबरको जनश्रमदान समेत गरेको उहाँले बताउनुभयो ।

महिला सामुदायिक भवन निर्माण समितिका सचिव गिरबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्वर ७ का वडा सदस्य दीपक चौधरी, वडा सचिव चन्द्रबहादुर केसी, इन्द्रेणी सामुदायिक वन उपभोक्ता समिति सैघाका अध्यक्ष गोरबहादुर खत्री, सहयोगदाताहरु केशवबहादुर केसी, बिजुलीप्रसाद चौधरी, ऋषिराम भण्डारी, वडा नागरिक मञ्चका पूर्व सहसंयोजक डम्वरबहादुर ओली, स्थानीय उपभोक्ता ऋषिराम बिष्ट, प्रेमबहादुर पाण्डेय, टपिला वली,गोमा ओली, बेलहरी बाल क्लवका अध्यक्ष सरिता भण्डारी, महिला स्वास्थ्य स्वंयसेविका अस्मिता अधिकारी, लक्ष्मी रावतलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा तुलसा पुरी, विमला बुढा र सुमीत्रा केसीले गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका ५ नम्बर प्रदेस पार्षद् विमल योगीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस