लक्ष्मी के.सी.
नारायणपुर, २७ जेठ । विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ आइतबार मा.वि. नारायणपुरमा बाल क्लब पुनर्गठन  गरिएको छ । विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीको प्रमुख आतिथ्यतामा भएको भेलाले करुणा गिरीको अध्यक्षतामा १० सदस्यीय बाल क्लब पुनर्गठन गरेको छ ।

विद्यालयमा अनुशासन कायम राख्न र समाजमा बाल अधिकार संरक्षण गर्ने उद्देश्यका साथ विद्यालयमा २०६९ सालमा बाल क्लब गठन सुरु गरिएको प्रधानाध्यापक केसीले बताउनुभयो । बालबालिकाहरुलाई आफ्नो हक, अधिकार र कर्तव्यका बारेमा सचेत गराउन बालक्लब सक्रिय रहनु पर्ने प्रअ केसीको धारणा रहेको थियो । विद्यालयले बालक्लबलाई हरेक गतिविधिमा अर्थपूर्ण सहभागिताको ग्यारेन्टी गरेको समेत उहाँले बताउनुभयो । बालबालिकासँग सम्बन्धित रहेक गतिविधिमा बालक्लब सक्रिय रहँदै आएको बालक्लब संयोजक प्रकाश ओझाले बताउनुभयो ।

बाल क्लबमा रहेर काम गर्ने अबसर पाएकोमा बाल क्लबका सदस्यहरु खुशी देखिएका थिए साथै उनीहरुले बाल क्लबमा रहेर बालबालिकाको हितमा र बाल अधिकार संरक्षणमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यसैगरी विद्यालयमा यसअघि नै पूर्णिमा घर्तीको अध्यक्षतामा जुनियर रेडक्रस सर्कल पनि पुनर्गठन गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस