दाङ, २९ जेठ । समुदायमा हुने विवादको समाधान मेलमिलाप प्रक्रियाबाट गर्न सकेमा दिगो रुपमा विवादको समाधान हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । घोराही उप–महानगरपालिका वडा नम्बर ७ ले डबरगाउँमा आयोजना गरेको सामुदायिक मेलमिलाप प्रक्रियासम्बन्धी सचेतना तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
समाजमा हिंसा तथा विवादको सिर्जना बोली र व्यवहारबाट हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न व्यक्तिको आचरणमा पनि सुधार हुनुपर्ने उनीहरुको भनाइ थियो ।
वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा सहजकर्ता तथा अधिवक्ता श्रीराम चौधरी, वडा सचिव चन्द्रबहादुर केसी, वडा सदस्यहरु छन्दबहादुर केसी, सुशीला चौधरी, सामुदायिक मेलमिलाप केन्द्रका संयोजक लौटन चौधरी, सहभागी गिरबहादुर ओली, केशरी चौधरीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक विमल योगीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस