घोराही, २९ जेठ । घोराही उपमहानगरपालिका क्षेत्रभित्र खाद्य सुरक्षा र पोषणका लागि समिति गठन भएको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी संयोजक रहेको पोषण खाद्य सुरक्षा निर्देशक समिति गठन भएको हो ।
समितिको सहसंयोजकमा उपप्रमुख सीता सिग्देल न्यौपाने, सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत, सदस्यहरुमा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य र विषयगत कार्यालयका प्रमुखहरु रहने व्यवस्था गरिएको छ । उपमहानगरपालिकाको आयोजना युएसएआइडी, सुआहारासहितको संस्थाहरुको सहयोगमा आज घोराहीमा भएको बहुक्षेत्रीय पोषण योजना दोस्रो अभिमुखीकरण कार्यक्रममार्फत उक्त पोषण खाद्य सुरक्षा निर्देशक समिति गठन भएको हो ।
निर्देशक समितिले मातृशिशुको स्वास्थ्यमा निगरानी बढाउने र गर्भ रहेदेखि हजार दिनसम्म खानपानमा विषेश ध्यान दिने गरी सम्बन्धित निकायहरुको नियमन गर्ने भएको छ । उपप्रमुख सीता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले आमा र बच्चाको पोषण र स्वास्थ्य सुरक्षाका लागि बेलैमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
गर्भ रहेदेखि नै स्वास्थ्यलाई आवस्यक पर्ने पोषक तत्वहरुको पूर्णता, खोपसहित सरसफाईमा विशेष ध्यान दिन सबै सरोकारवालाहरुले चासो राख्नुपर्ने बताएका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि पाण्डे, सामाजिक विकास समितिका संयोजक भरत अर्याल, स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, बेसका मानबहादुर चौधरी, बहुक्षेत्रीय पोषण योजनाका परामर्शदाता महेन्द्र घिमिरे लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस