घोराही, २९ जेठ । घोराहीमा कारोवार भएको नेपाली ५ सयका नोट नक्कली नभएको पुष्टि भएको छ । घोराही उपमहानगरपालिका १४ नयाँबजारस्थित ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले भारु रुपैयाँ ग्राहकसँग सटही गर्दा ५ सयका नक्कली नोट दिएको भनी प्रहरीले नियन्त्रणमा लिएको थियो ।
५ सयका नोटमा दुई वटा बाघको चित्र हुने गरेको तर ती सटही नोटमा एउटा मात्रै बाघको चित्र भेटिएपछि प्रहरीले उक्त नोटसहित पसल धनीलाई नियन्त्रणमा लिएको थियो । तर प्रहरीले नेपाल राष्ट्र बैंकमा बुझ्दा गएको बैशाख १२ गते नै एउटा बाघको चित्र भएको ५ सयको नयाँ नोट र सिरियल नम्बरसहित बजारमा ल्याएको भनेपछि ती नोटहरु नक्कली नभएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।
नयाँ नोटका बारेमा प्रहरी, व्यवसायी र नागरिकहरुलाई थाहा नहुँदा यस्तो अवस्था आएको उहाँको भनाइ छ । बंगलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेस निबासी फुर्सी पुनले भारतीय नोट साट्दा पसल धनीले ती ५ सयका १२ वटा नोट दिएका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस