दाङ, १ असार । घोराहीस्थित भिक्टोरिया कलेजमा बिबिए नयाँ सेमेष्टरको सुरुवात फूल रोपेर गरिएको छ । शिक्षक र बिद्यार्थीहरुले शुक्रबार कलेज प्राङ्गणमा ज्ञाणको प्रतीकका रुपमा फूल रोपेर कक्षाको सुरुवात गरेका हुन् ।

कलेजमा शुक्रबारदेखि बिबिए दोस्रो, चौथो, छौठौं र आठौं सेमेष्टरको पठनपाठन सुरुवात भएको छ । नयाँ सेमेष्टर सुरुवात कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षालाई जीवन उपयोगी बनाउनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले बिबिए अध्ययन गर्ने विद्यार्थीहरु बेरोजगार बस्नु नपरेको उल्लेख गर्दै शिक्षालाई व्यवहारिक बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।कार्यक्रममा प्राध्यापकहरु बामदेव भण्डारी, वसन्त रेग्मी र दुर्गालाल केसीले शिक्षालाई जीवन बदल्ने माध्यम बनाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण कलेजका कार्यक्रम संयोजक केबी चौधरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस