घोराही, ७ असार । घोराही उपमहानगरपालिका वडा नं. ८ की ३२ वर्षीया लालसरी बुढाले ५६ वर्षीया सासु दिलकुमारी बुढाको हत्या गरेकी छन् । कान्छी बुहारी लालसरीले घाँटी थिचेर मारेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
सेवारस्थित बृद्धा बस्दै आएको झुपडीमा उनको शव भेटिएपछि नजिकै बस्दै आएकी कान्छी बुहारीलाई प्रहरीले बुधवार नै पक्राउ गरी अनुसन्धान थालेको दाङका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । शवको राप्ती उपक्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस