घोराही, ८ असार । दाङको घोराहीमा जारी घोराही नगरस्तरीय प्रथम मेयरकप रनिङ फुटवल प्रतियोगितामा क्वाटर फाइनलका खेलहरु सकिएका छन् । भोलि शनिबारबाट सेमिफाइनलका खेलहरु हुने भएका छन् ।
सेमिफाइनमा ४ वटा वडाहरु पुगेका छन् । वडा नम्बर ६, ७, १५ र १८ का खेलाडीहरु क्वाटर फाइनलबाट सेमिफाइनलमा पुगेका हुन् । शुक्रबार दिउँसो भएको खेलमा वडा नम्बर १८ ले वडा नम्बर १० लाई १ का विरुद्ध ४ गोलले पराजित गरेको छ ।
बिहान र दिउँसो गरी दुई चरणमा खेल हुने र ११ गते फाइनल हुने दाङ जिल्ला फुटबल संघका महासचिव नरेन्द्र पुनले जानकारी दिनुभयो । प्रथम हुनेलाई एकलाख रुपैयाँ नगद, कपसहित प्रमाणपत्र र दोस्रो हुनेलाई ५० हजार नगद, कप र प्रमाणपत्र पुरस्कार रहेका छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस