घोराही, १० असार । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि एक अर्ब ४९ करोड २६ लाख ८३ हजार रुपैयाँको बजेट निर्धारण गरेको छ । आइतबार बसेको तेस्रो नगरसभामा उपमहानगरका उपप्रमुख सिता सिग्देल न्यौपानलेले संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त मार्गदर्शन तथा नगरपालिकाको आन्तरिक आयको प्रक्षेपणका आधारमा उक्त बजेट निर्धारण गरेको बताउनुभयो ।आगामी वर्षका लागि चालुतर्फ ९१ करोड ५७ लाख ५ हजार अर्थात् बजेटको ६१ दशमलब ३५ प्रतिशत रकम विनियोजन भएको छ भने पुँजीगततर्फ ५७ करोड ६ लाख ९८ हजार अर्थात बजेटको ३८ दशमलव ६५ प्रतिशत विनियोजन गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्य संघीय सरकारबाट बित्तीय समानीकरण अनुदान ३२ करोड ४६ लाख रुपैयाँ, राजस्व बाँडफाँड २१ करोड ६९ लाख ८५ हजार, सशर्त अनुदान ४४ लाख करोड ८१ लाखको तोकिएको छ ।त्यसैगरी, प्रदेश सरकारबाट बित्तिय समानीकरण अनुदानमा ७३ लाख १३ हजार, राजस्व बाँडफाँडमा २ करोड ८९ लाख ८५ हजार र सशर्त अनुदानमा १ करोड ३३ लाख रुपैयाँ आएको उपप्रमुख न्यौपानेले सभामा जानकारी दिनुभयो ।त्यसैगरी उपमहानगरपालिकाको आन्तरिक राजस्वमा १९ करोड, लागत सहभागिता ५ करोडको अनुमान गरिएको छ भने सामाजिक सुरक्षा कार्यक्रम, सडक बोर्ड र अन्य शिर्षकहरुका लागि २१ करोड ३४ लाख आयको अनुमान गरिएको उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस