दाङ, १४ असार । मानवअधिकार निगरानी समूह सौडियारको आयोजनामा पशु तथा कृषि विमा सम्वन्धी एकदिने अभिमुखिकरण सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को संयोजन तथा मानवअधिकार निगरानी समूह सौडियारको आयोजनामा भएको अभिमुखिकरणमा नेपाल इन्स्योरेन्स कम्पनी दाङका प्रेम घर्तीमगरले प्रशिक्षक दिनुभएको थियो । उहाँले कृषकहरुलाई विमाका फाइदा, प्रक्रिया र यसले व्यवसायप्रवृद्धनमा पुग्ने टेवाका विषयमा जानकारी दिनुभएको थियो । निगरानी समूह सौडियारका उपाध्यक्ष लौटन चौधरीको अध्यक्षतामा भएको अभिमुखिकरणमा स्थानीय कृषकहरुको सहभागिता थियो ।

यसैगरी मानवअधिकार निगरानी समूह लक्ष्मीपुरले पनि पशु विमासम्वन्धि एकदिने अभिमुखिकरण गरेको छ । मानवअधिकार निगरानी समूह लक्ष्मीपुरकी अध्यक्ष खिमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक नेपाल इन्स्योरेन्सका प्रेम घर्तीले विमाका फाइदाका विषयमा कृषकहरुलाई जानकारी गराउनु भएको थियो । अभिमुखिकरणको संयोजन इन्सेक जिल्ला सहजकर्ता शालिकराम मुसाफिरले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस