घोराही, २० असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बोल्ने कलाको बिकासले मात्रै अधिकार उपयोग गर्न सकिने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ को आयोजनामा भएको दलित महिलाहरुका लागि उद्घोषण तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बोल्ने कलाको विकासले मात्रै सहज ढंगबाट अघि बढ्न सकिने बताउनुभयो । लाज र डरले आफैलाई पछि पार्ने भन्दै नगर प्रमुख चौधरीले बोल्ने र बहस गर्न सक्ने हुन अनिबार्य भएको बताउनुभयो । खुलेर बोल्न सक्ने भए मात्रै सामाजिक क्षेत्रका हरेक पक्षमा आफुलाई उभ्याउन सकिने भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने तालिममा सहभागि महिलाहरुले निर्धक्क भएर बोल्नु नै क्षमता विकासको पहिलो आधार भएको बताए । सहभागिहरु मन्जु विक, बिष्णु बिक, मिना सुनार, बस्ति सेर्पाईली लगायतले तालिम फलदायी भएको बताउनुभयो ।कार्यक्रममा १३ नम्बरका वडा सदस्य पबित्रा बिक, घोराही उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्ती, प्रशिक्षक बिमल योगी लगाएतकाले आआफ्नो धारणा राख्नुभएको थियो । सहभागी ४० जना सहभागी र चार दिन सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा पत्रकार बिमल योगी, नवीन अभिलासी र समीक्षा सेर्पाईली रहनुभएको थियो । समापन कार्यक्रमको सहजिकरण पिंकी विकले गर्नुभएको थियो ।
Advertisements
Advertisement Here

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस