घोराही, २० असार । मुक्ती पछि आफुहरुले विभिन्न विधामा अध्ययन गरेर सिप सिकेको भन्दै मुक्त कमलरीहरुले रोजगारको अबसर सृजना गर्न स्थानिय सरकार सँग माग गरेका छन् । प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्ज बाँकेको आयोजना र घोराही उपमहानगर शिक्षा शाखाको समन्वयमा मंगलबार घोराहीमा भएको सरकारी तथा गैरसरकारी संस्थाहरु सँग मुक्त कमलरीको लागि रोजगारका लागि छलफल कार्यक्रममा मुक्त कमलरीहरुले आफ्नो सिपलाई सदुपयोग गर्न आग्रह गरेका हुन् ।
उनिहरुले पिडादायी कमलरी अबस्थाबाट मुक्त भए पछि अहिले उच्च शिक्षा अध्ययन सँगै बिभिन्न सिपहरु सिकेको भन्दै रोजगारीमा सामेल गराउन घोराही उपमहानगर सँग आग्रह गरे । साथै उनिहरुले अहिले सरकारले दिईरहेको छात्राबृत्तीको रकमले पढाई खर्च समेत नपुगेको र मुक्त कमलरी परिचय पत्र सहजै पाउन नसकेको गुनासो गरेका छन् । सिएमए पढेको, कम्प्युटर सिकेको भन्दै उनिहरुले क्षमता र योग्यताको आधारमा रोजगारी सृजना अब स्थानिय सरकारले गर्नुपर्नेे मुक्त कमलरी अन्जना चौधरीले बताउनुभयो ।अर्की मुक्त कमलरी रेखा चौधरीले सरकारले पढाईमा सहयोग गरेर नै आफुहरु अघि बढेको भन्दै अब आयआर्जनको बाटोमा पनि सघाउन आग्रह गर्नुभयो । पहुँच हुने र भनसुन गर्नेहरुकै अहिले पनि प्रभाब बढी रहेको भन्दै उहाँले आफुहरुको क्षमता जाँच गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मुक्त कमलरीहरुलाई रोजगारीमा समाबेश गर्न प्राथमिकता दिने बताउनुभयो । सिप, क्षमताको आधारमा अबसरबाट बन्चित नगराउने समेत प्रतिबद्धता जनाउनुभयो । कुनै पनि रोजगारमा संलग्न हुने गरी आबस्यक सिप, ज्ञानका लागि प्राबिधिक सहयोग गरि लगानी गर्न उपमहानगर तयार रहेको समेत स्पष्ट पार्नुभयो । हिम्मतका साथ अघि बढ्न आग्रह गर्दै उहाँले आबस्यक सहयोग गर्नेमा ढुक्क रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा बिकास तथा समन्वय ईकाईका प्रमुख सूर्यराज घिमिरे, भुमि सुधार कार्यालयका लेखा अधिकृत नारायण पोख्रेल, दाङका निमित्त प्रहरी प्रमुख डिएसपी रामप्रसाद घर्तीमगर, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल लगाएतकाले आफ्नो क्षमताको बिकास गर्दै प्रतिस्र्धामा आउन आग्रह गर्नुभयो । कार्यक्रममा प्लान नेपालका परियोजना संयोजक कमला उप्रेतीले मुक्त कमलरीहरुको सिप र क्षमताको आधारमा रोजगारीमा सहभागि गराउने बिषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस