घोराही, २० असार । घोराही उपमहानगरपालिकाले बढ्दो शहरीकरणसँगै उत्पन्न हुने फोहरमैला संकलन तथा व्यवस्थापनका लागि थप चार वटा गाडी खरिद गरेको छ । उपमहानगरले एउटा डोजर र ३ वटा फोहर बोक्ने कम्प्याक्टर खरीद गरेको हो ।
१ करोड १२ लाख ५० हजार रुपैयाँमा तीन वटा कम्प्याक्टर र ६१ लाख ५३ हजार रुपैयाँको एउटा डोजर खरीद गरेको हो । घोराही उपमहानगरपालिकामा फोहर संकलन तथा व्यवस्थापनका लागि यी सँगै गाडीको संख्या ११ वटा पुगेको छ । दैनिक घोराही उपमहानगरको बजार क्षेत्रहरुमा करिब १६ टन फोहर उत्पादन हुने गरेको छ ।
फोहर संकलन तथा व्यवस्थापनमा घोराही उपमहानगरमा २० जना कर्मचारी रहेका छन् भने बार्षिक करिब डेढ करोड रुपैयाँ खर्च हुने गरेको छ । साथै घोराही उपमहानगरपालिकाले गल्ने फोहरलाई घरमै संकलन र व्यवस्थापनका लागि २ हजार ४ सय थान घरेलु कम्पोष्ट विन ल्याएको छ ।
उपभोक्ताको १० प्रतिशत र नगरको ९० प्रतिशत गरि ३ सय ३५ रुपैयाँका दरले प्रति थान कम्पोष्ट विन नगरबासीलाई बितरण गरिरहेको छ । उपमहानगरले गल्ने र नगल्ने फोहरहरु छुट्टा छुट्टै समेत संकलन गर्दै आएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस