महेश बस्नेत
दाङ, ३० असार । घोराही उपमहानगरपालिका वडा नंं १६ सर्रास्थित ज्ञानमाला एकेडेमीको दशौं साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सभाले चिजबहादुर चौधरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिका सदस्यहरुमा बोधिबहादुर केसी, बब्लु शर्मा, दुर्गालाल केसी, सन्तोष सुवेदी र सरस्वती खड्का तथा सदस्य सचिवमा केशवराज गिरी चयन हुनुभएको छ । समितिका सल्लाहकारहरुमा बामदेव पोख्रेल, रामहरी शर्मा पौडेल, नारायण पोख्रेल र नारायण रिजाललाई चयन गरिएको छ ।

सभाले विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । आर्थिक समिति संयोजकमा रामहरी शर्मा पौडेल, सदस्यहरु कविराज केसी र शारदा भण्डारी चयन हुनुभएको छ । शैक्षिक समिति संयोजकमा दुर्गालाल केसी र सदस्यमा बब्लु शर्मा रहनुभएको छ । गाडी व्यवस्थापन समिति संयोजकमा बोधिबहादुर केसी र सदस्यमा चेतन बस्नेत चयन हुनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस