दाङ, ३ साउन । मानवअधिकार सञ्जाल दाङले आन्दोलनका नाममा स्वास्थ्य सेवा नरोक्न चिकित्सकहरुलाई आग्रह गरेको छ । नेपाल चिकित्सक संघको आह्वानमा गरिएको ओपिडी सेवा बन्दको क्रममा नागरिकहरुले उपचार नपाएर फर्किनु पर्ने अवस्था देखिएको भन्दै सञ्जालले आधारभूत स्वास्थ्य सेवा नरोक्न सम्वन्धित पक्षलाई आग्रह गरेको हो ।
दाङका राप्ती उपक्षेत्रीय अस्पताललगायतका स्वास्थ्य संस्थामा बिहीवार ओपिडी सेवा बन्द हुँदा बिरामी उपचार नपाएरै फर्किएको पाइएपछि सञ्जालले विज्ञप्तिमार्फत स्वास्थ्य सेवाजस्तो नागरिकको मौलिक हक उल्लंघन गर्ने कार्य नदोर्‍याई आफ्ना विरोधका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको हो ।
सञ्जालका संयोजक केशवकुमार शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– “नागरिकको उपचार पाउने अधिकारको सम्मान गर्न सबै पक्षसँग आग्रह गर्दछौँ ।” सञ्जालले उपचार सेवा नरोकेरै पनि विरोधका कार्यक्रम गर्न सकिने भन्दै सेवा बन्द गर्ने कार्यको विकल्प खोज्न आग्रह गरेको छ । साथै सञ्जालले आन्दोलनरत डा गोविन्द केसीका जायज मागको सम्बोधन गर्न सरकारसँग माग गर्दै डा केसीको बाँच्न पाउने अधिकारको पनि सम्मान गर्न आग्रह गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस