घोराही, ३ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले बागचौर १२ सल्यानकी नोखी वलीलाई बिमा वापतको १४ लाख रुपैयाँ प्रदान गरेको छ । वैदेशिक रोजगारीमा जाँदा बिमा बनाएका नोखीका श्रीमान् चन्द्रबहादुर वलीको विदेशमै मृत्यु भएपछि उहाँको बिमा वापतको रकम श्रीमती नोखी वलीलाई प्रदान गरिएको हो ।

मृतक चन्द्रबहादुरको वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको उक्त रकम इन्स्योरेन्सका शाखा प्रमुख वसन्त अधिकारी र वरिष्ठ एजेन्सी म्यानेजर माधव भण्डारीले हस्तान्तरण गर्नुभएको थियो । बिमाङ्क रकम १० लाख, किरिया खर्च १ लाख, अतिरिक्त आयको नोक्सानी वापत २ लाख र शव स्वदेश ल्याउँदाको खर्च १ लाख गरी १४ लाख रुपैयाँको चेक चन्द्रबहादुरकी श्रीमती नोखी वलीलाई हस्तान्तरण गरिएको हो ।

बिमा गराउने व्यक्तिको उमेरअनुसार ४÷५ हजार रुपैयाँ एक पटक मात्र तिर्नुपर्ने यो बिमामा कम्पनीले १० लाखसम्मको जोखिम बहन गर्ने र अन्य खर्चहरु समेत व्यहोर्ने कम्पनीका घोराही शाखा प्रमुख वसन्त अधिकारीले बताउनुभयो । वैदेशिक रोजगारीमा जाँदा यो बीमा अनिवार्य बनाउनु पर्ने प्रावधान रहेको छ । बिमा अवधिभित्र बिमितको मृत्यु स्वदेश या बिदेश जहाँ भए पनि रकम पाइन्छ । बिमितको मृत्युको प्रकृतिअनुसार अधिकतम १७ लाखसम्म बिमा कम्पनीले रकम भुक्तान गर्ने शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस